दफा ४८
चिकित्सकको दायित्व
: (१) चिकित्सकले आफू समक्ष उपचारका लागि आएको कुनै व्यक्तिमा अपाङ्गता हुने जोखिम छ भन्ने लागेमा त्यसको जानकारी सम्बन्धित व्यक्तिलाई गराई सो तर्फ समेत उचित ध्यान दिई उपचार गर्नुपर्नेछ ।
(२) चिकित्सकले अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिई अपाङ्गतामैत्री वातावरणमा उपचार गर्नु पर्नेछ र कुनै कारणवश आफूले उपचार गराउन नसक्ने भएमा उपचार हुनसक्ने ठाउँमा सिफारिस गर्नुपर्नेछ ।